• २०८१ जेष्ठ ३१ गते बिहिवार

बढी मूल्यमा पल्स अक्सिमिटर बेचेको आरोपमा एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, पर्सा । बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार घरमै खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई उनले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरि कालोबजारी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस