बैशाख २५, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका सहित हालसम्म देशका ६२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४८ जिल्लामा पूर्ण र बाँकी जिल्लामा क्षेत्र निर्धारण गरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
राजधानी बाहेक देशका विभिन्न सहरी क्षेत्रमा ५०० बढी र पहाडका २०० बढी संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ । निषेधाज्ञाका अवधिमा तोकिएका समयमा मात्र खाद्य लगायतका अत्यावश्यक सामाग्री खरिद गर्न र अनावश्यक रुपमा हिडडुल र सवारी साधन समेत नचलाउन सरकारले आग्रह गरेको छ ।