• २०८१ असोज १९ गते शनिवार

मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, बारा । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्हरीले खुटुवा जब्दी गाविस(८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।

२०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस(७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस(८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए । उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस