• २०८१ चैत्र १३ गते बिहिवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौँ। हाल देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार चिसोका कारण कुहिरो लागेको छ भने दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ ।

काठमाडौँ उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाडौँको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस