• २०८१ असोज २० गते आइतवार

मोटरसाइकल चोरी गरेको आरोपमा सातजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । काठमाडौँबाट मोटरसाइकल चोरी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

महाशाखाका अनुसार गएराति काठमाडौँको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाइने छ । साथै महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस