• २०८१ पुष २९ गते सोमवार

कक्षा १२ को शैक्षिक प्रमाणपत्र स्कुलबाटै वितरण हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को प्रमाणपत्र स्कुलबाट दिने व्यवस्था गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै यसपालि पनि बोर्डले विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र दिन लागेकोे बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।

गत वर्ष पनि कोभिड–१९ को जोखिमले गर्दा विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र वितरण गरिएको थियो । सचिव अर्यालका अनुसार, नतिजा प्रकाशित भएको एक हप्तामा सबै शैक्षिक प्रमाणपत्र विद्यार्थीले पाउनेछन । यसका लागि दस्तुर पनि सम्बन्धित विद्यालयमा बुझाउन सकिनेछ । कक्षा–१२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नतिजा शुक्रबार सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस