कात्तिक २१, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने बताएका छन् ।
काठमाडौँमा आज एमाले कर्णाली- काठमाडौँ सम्पर्क समितिले तिहारका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने बताउदै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान समेत गरेका छन् ।
त्यस्तै अध्यक्ष ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताए ।