कात्तिक २१, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।