• २०८१ फाल्गुन ५ गते सोमवार

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका९१६ लायन्स क्लब चोकमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति र्वबाट पश्चिमतर्फ जाँदै गरेको को २०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा इनरुवा-२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला-२ का २० वर्षीय विभिषण विकको मृत्यु भ्येको हो ।

ट्रकले ठक्करबाट घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका(९ का ३१ वर्षीय अर्जुन गिरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस