• २०८१ असोज २४ गते बिहिवार

काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, सुर्खेत । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेतलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बीनाअनुमति लुकाई राखेको अवस्थामा १९ किलो ४० ग्राम काईनेटिक ढुङ्गा बरामद गरिएको छ । त्यी ढुङ्गाको बजार मुल्य झण्डै दुई लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस