भदौ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने २०७२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत छन् ।