• २०८१ साउन ३ गते बिहिवार

अक्जिसन अभावले बिरामी छटपटिरहेको समाचार सुने… अनि…. सिलिण्डर लिएर आफै जुम्ला पुगे

जितेन्द्र थापा पढ्न लाग्ने समय : ५ मिनेट

भदाै २२, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका सुजल सापकोटा १८ वर्षिय कलिलै उमेरका विद्यार्थी ठिटा हुन् । उमेरले कलिलै भएपनि तन मन भने उनको कर्णालीका कुना कन्धरामा छ ।

हाम्रा सहरमा त जसोतसो अक्सिजन पाउला तर दुर्गमा कोरोना संक्रमित बढेसँगै जनता अक्सिनको अभावमा छटपटाएको समाचार सुने अनि अक्सिजन लिएर आफै पुगे जुम्ला ।

२०७४ सालमा काष्ठमण्डप विद्यालय मण्डिखाटार काठमाण्डौबाट एसइइमा ४ जिपिए ल्याएर उतिर्ण हुने पहिलो मेधावी विद्यार्थीसमेत हुन । घर कर्णालीको राजधानी अवस्थित वीरेन्द्रनगर सुर्खेत भएपनि कर्मथलो काठमाडौँ राजधानी मा छ । १८ वर्षिय सापकोटा जन्मथलो सुर्खेत भएर कर्मथलो काठमाडौँ भएपनि उनको तनमन कर्णालीका बोल्न नसेकेका र स्वास फेर्न नसक्नेहरुका लागि कर्णाली यत्रतत्र डुलिरहन्छ ।

हाम्रा सहरमा त जसोतसो अक्सिजन पाउला तर दुर्गमा कोरोना संक्रमित बढेसँगै जनता अक्सिनको अभावमा छटपटाएको समाचार सुने अनि अक्सिजन लिएर आफै पुगे जुम्ला ।

रोग, भोग र अभावमा खड्कििएको कर्णालीमा उनीजस्ता मनकारी युवा सायदै कमै भेटिन्छन् । उनी गरिब असहाय र वृद्धलाई देख्न सक्दैन । उनको दैनिकि देखेर भावहिल हुन्छन् । कोरोनाबाट थलिएको कर्णाली गरिबी रोग भोगबाट थलिएको छ । त्यसैमाथि कोरोनाले श्वास लिन सम्म मुस्किल भएका बेला श्वास दिन्छन् उनै ठीटा सुजलले । कर्णाली विकट छ भन्दा भन्दा उनलाई तीतो लाग्छ,उनी भन्छन्,‘कर्णाली त्यो स्वर्ग हो जो कसैले सहजै अनुभुती गर्न सक्दैनन्,’उनले भने,‘कर्णालीमा स्वर्गको अनुभूती गर्न कर्णालीका उकाली ओराली,भञ्ज्याङ्ग चौेतारी र लेक बेँसी खर्कमा डुल्नुपर्छ ।’

कर्णाली त्यस्तो पवित्र भूमि हो जहाँ सौलो जलसँगै यहाँका मान्छेको मन पनि पवित्र छ । नत कुनै ठुलो सहरमा आलिसान महल ठड्याउन चाहन्छन् नत कुनै लोभ लालच नै छ । आफ्नै झुपडीमा आटो ढेडो खाएर शान्तिसँगै आफ्नो बाल्यकाल,युवाअवस्था र वृद्धवस्था कर्णालीमै बित्छ । विभिन्न तहका कर्मचारीले कर्णाली दुर्गम छ,त्यहाँ जादैन भनेको सुन्दा दिक्क लागेर आउँछ,’उनले भने,‘अरे तपाई भाग्यमानी हुनुहुन्थ्यो पवित्र भूमि कर्णालीमा जाने अवसर जु¥यो,त्यस्को केही समयपश्चात् कर्णालीलाई हेर्ने दृष्ट्रिकोट गलत थियो । अनि तपाईको कार्यक्षेत्र अन्तै मोडियो ।’

केही साता अघि मात्र सापकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन सिलिण्डर लिएर आफै पुगे । उमेरले कलिलै ठिटो भएपनि आफ्ना दिन यसरिनै समाजको लागि अर्पण गर्ने उनको ठुलो धोको छ । केही समयय अघि मात्र उनी काठमाडौँबाट २० लिटरका २० वटा अक्सिजन सिलिण्डर सहित श्वास दिन जुम्ला पुगे । कोरोना कालमा अक्सिजनको चरम अभाव देखिएको छ,’उनले भने,’यस्तो अवस्थामा अहिले देखि अक्सिजन सिलिण्डरको जोहो गर्नाले पछि धोका पाइनेछैन । ढुक्क रुपमा श्वास लिएर अन्तिम विदाईका हात हल्लाउन पाउन् ।’

‘थोपा थोपा मिलेर खोला सागर हुँदै समुन्द्र बन्ने हो त्यसैले सबैले हातेमालो गरौँ । कसैको ज्यान बच्ने छ भने कोहीले अन्तिम घडीमा तेस्रो भेिरयण्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशिल बन्न जरुरी देखिन्छ । यी सिलिण्डर पनि यही भेरियण्टमा प्रयोग हुनेछन ।’ एनआरएनए युगाण्डाको सहयोगमा प्राप्त अक्सिजन सिलिण्डर ल्याएर जुम्ला पुगेका सुजलले कोभिड महामारीबाट कसैले पनि अक्सिजन अभावका कारण मुत्यु हुन नपरोस भन्ने मान्यता रहेको प्रतिक्रिया दिए । उनले भने,‘कोरोनाको तेस्रो भेरियण्ट आइसकेको छ । यसले बालबालिकालाई प्रभावित बनाउने देखिन्छ । कर्णालीका बालबालिकालाई थोरै भएपनि राहत मिलोस भनेर अक्सिजन सिलिण्डर प्रदान गरिएको छ ।’ युगाण्डा स्थित एनआरएनए संग सुजल र डा. सुहेल सापकोटाले अक्सिजन सिलिण्डरको लागि सहयोग गर्न पहल गरेका थिए । उनले भने,‘भौगोलिक रुपमा कर्णाली अति दुर्गम छ । दुर्गममा रहेको सुविधा सम्पन्न अस्पतालमा अक्सिजन दिदा धेरैभन्दा धेरै बिरामीले उपयोग गर्ने विश्वास छ ।’

सुजलले भने,‘कर्णालीमा अक्जिसन अभावले बिरामी छटपटिरहेको समाचार सुन्न पाइन्छ । त्यो देखेर एनआरएनए संग समन्वय गरेर अक्सिजन प्राप्त भएको हो । यो सिलिण्डर भौतिक उपस्थितीमा दिन पाउँदा उत्साहित छु ।’ सुजलले भने,‘मैले सिलिण्डर ल्याएर बुझाएको छु । उनी अहिले सेन्टजेभिएर्स कलेज माइतिघरमा साइन्स बिषय लिएर पढ्दैछन । उनी पनि डक्टर बन्ने बाटोमा अग्रसर छन । उनले भने,‘भविष्यमा डक्टर बन्ने धोको छ । त्यही भएर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा ध्यान केन्द्रीत भइराखेको उनको भनाई छ । अहिले देखि नै बिरामीको सेवा गर्ने इच्छा जागेको छ,’उनले भने,‘अक्सिजन ल्याएर अस्पतालमा बुझाउन पाउँदा उत्साहित भएको छु ।’

नाइजेरीयामा कैलाली घर भएका हिक्मत बहादुर थापा बस्नुहुन्छ, उहाँ एनआरएनएका समन्वयकर्ता हुनुहुन्छ,’सुजलले भने,‘ जुम्लाका नागरिकले अक्सिजनका कारण दुख नपाओस । कसैलाई पनि गाह्रो नहोस भन्ने विश्वासले अक्सिजन सिलिण्डर दिइएको छ । अहिलेको प्रमुख आवश्यकता अक्सिजन हो । धेरैले अक्सिजन पाउँदैनन ।

डा.सुहेल र सुजलका बुबा यामबहादुर सापकोटा सापकोटा जुम्ला स्थित नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन । बाहिनीपति सापकोटाले यसअघि ४० लिटरका १० वटा सिलिण्डर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई प्रदान गरेका थिए । यो सहयोग पनि एनआरएनए युगाण्डाको थियो । उनी पहल कर्ता थिए । एनडिसी कोर्ष पुरा गर्न नाइजेरिया गएको बेला दुई छोरा पनि नाइजेरीया संगै घुम्न गएका थिए । त्यो समयमा भएको सम्बन्धका कारण अक्सिजन सिलिण्डर प्राप्त भएको बाहिनीपति सापकोटा बताउँछन । छोराहरुले गरेको यो कार्य निकै प्रसंसनीय छ,’उनले भने,‘ छोराहरुले यसरिनै समाजसेवी भएको हेरिरने धोको छ ।’

बाहिनीपति सापकोटाले कोरोना संक्रमित बिरामीहरुका लागि अत्यावश्यक अक्सिजन सिलिण्डर १० थान हस्तान्तरण गरेका थिए । अक्सिजन सिलिण्डरले बिरामीहरुलाई बचाउन उल्लेख्य योगदान पु¥याएकोे छ । बाहिनपति सापकोटाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हरेक स्थानीयतहमा पुग्ने क्वारेन्टिन र आइसोलेसनमा बसेका संक्रमितको उर्जा थप्ने काममा समेत खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस