• २०८१ फाल्गुन ७ गते बुधवार

जापानले दिएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २३ काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आज ३ लाखभन्दा बढी डोज खोप आएको छ । बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने बताइएको छ ।

जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) शनिबार र आइतबार आइपुग्ने भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस