• २०८१ भाद्र २५ गते मङ्गलवार

दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका अभियुक्त ५ वर्षपछि पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २३, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पाँच वर्ष पछि पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएकोमा फरार अभियुक्तलाई पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

मंगलबार दिउँसो ४ बजेको समयमा घोराही उपमहानगरपालिका १४ रतनपुर झिगौरास्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले बताए । साथै पक्राउ परेका अभियुक्तलाई बुधबार आज दाङ देउखुरी जिल्ला अदालतलाई बुझाएको प्रहरी बताएको छ ।

प्रतिक्रिया दिनुहोस