• २०८१ फाल्गुन ७ गते बुधवार

ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौँ। ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिए । प्रवक्ता महर्जनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर २ मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस