बैशाख २४, काठमाडौं । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् ।
सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथा हिमालको आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको रुपमा नाम लेखाएका थिए ।कामिरिताको नेतृत्वमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने क्रममा उनले चुचुरो पुगेको आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।
आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राखेका थिए तर कामिरिताले सन् २०२१ मा उनले २५ औं पटक आरोहण गरे पछि उनी सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा रेकर्ड राखेका छन् ।