• २०८१ फाल्गुन ७ गते बुधवार

दाङमा नेरेसोद्वारा ज्योति आविलाई आधुनिक युक्त बेसिन सहितको ट्याङ्की

मेगमन बुढा पढ्न लाग्ने समय : १ मिनेट

चैत २५,दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमबाट बेसिन सहितको ५०० लिटर क्षमता भएको आधुनिकयुक्त ट्याङ्की प्रदान भएको छ ।

यसअघि उक्त विद्यालयलाई निस्शुल्क रुपमा बेलायत सरकारको गोर्खा वेलफेयर स्किम कार्यक्रमले ३ वटा धारा उपलब्ध गराएको भएपनि बर्खाको समय मुहानमा केही समस्या हुँदा विद्यालयमा पानी खानलाई समस्या हुनेगरेको सो विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो । त्यस्तै उहाँका अनुसार सो ट्याङ्की ५०० लिटर क्षमता भएको हुँदा पहिले नै ट्याङ्कीमा पानी भरेर स्टक गरेर राखिएपछि विगतका दिनहरु जस्तै अब समस्या नहुने बताउँनु भएको छ ।

इनकोर कार्यक्रमले ट्याङ्की उपलब्ध गराएपनि केही अपुग पलामबरका सामग्रीहरु विद्यालयले आफ्नो तर्फबाट व्यवस्थापन गरेर उक्त आधुनिक युक्त ट्याङ्की संचालनमा ल्याउन सफल भएको प्रधानाध्यापक शाहीले बताउनु भयो ।

यस्तै उहाँले विद्यालयको तर्फबाट नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाकाद्वारा संचालित इनकोर कार्यक्रमलाई उक्त सामग्री विद्यालयमा आवश्यक ठानेर उपलब्ध गराएकोमा हार्दिक धन्यवाद समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस