फागुन २३, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पेनर सन्दीप लामिछानेले लामो समयपछि घरेलु मैदानमा खेल्ने भएका छन् । विश्वका चर्चित टीमबाट खेल प्रदर्शन गरिसकेका सन्दीप शुक्रबार मात्रै नेपाल आएका छन् । उनी पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान पुगेका थिए ।
त्यहाँ उनले लाहोर कलन्दर्समा आबद्ध भएका थिए । तर कोरोना भाइरसका कारण खेल अनिश्चित बनेपछि उनी शुक्रबार नेपाल फर्किएका हुन् । उनले अब आउदो शनिबारबाट मूलपानी क्रिकेट रंगशालमा हुने काठमाडौं मेयर्स कप २०७७ मा खेल्नेछन् । जसमा उनले काठमाडौं मेयर्सकप ११ बाट खेल्नेछन् । उनलाई उक्त टिमको कप्तानको जिम्मेवारीसमेत दिइएको छ ।