• २०८१ असोज २० गते आइतवार

सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्रै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौँ। सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ । सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।

सरकारले राजपत्रमा प्रकाशित गरेको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३० दिनको हुने सरकारी निर्णय आएपछि जारी भएका चेकको अवधि १५ दिन मात्रै हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारी कोषबाट जारी हुने चेकको अवधि ३० दिनसम्म रहने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस