• २०८१ जेष्ठ ३१ गते बिहिवार

थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, सुर्खेत। सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहान वीरेन्द्रनगर नगरपालिका–६ का ६१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनलाई १५ गते कोरोना संक्रमण पुष्टी भएको थियो। १८ गते कर्णाली प्रदेश अस्पतालको आईसीयु कक्षमा भर्ना गरिएको थियो ।

यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको थियो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको छ । कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस