माघ २५,कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई १७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नंको मोटरसाइकल, नगद रकम रु चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।