• २०८१ चैत्र १० गते सोमवार

पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ८६५ संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, एजेन्सी। कोरोना भाइरस संक्रमणका कारण विश्वमै सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार बढी संक्रमितको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार ८६५ संक्रमितको मृत्यु भएको हो । त्यस्तै, १ लाख ४५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । कोरोना महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन संक्रमितहरुले ज्यान गुमाएको यो पहिलोपटक हो । हालसम्म अमेरिकामा २ करोड १८ लाखभन्दा बढी जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

जसमध्ये १ करोड ३० लाखभन्दा धेरै संक्रमणमुक्त भइसकेका छन्, भने ३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस