• २०८१ असोज १९ गते शनिवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भनेप्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस