• २०८१ फाल्गुन ७ गते बुधवार

एएफसी यू-२३ काे मुख्य प्रशिक्षकमा बालगाेपाल, सहायकमा राेजितलाई जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २१ काठमाडौं ।  नेपाली यू २३ टिमको प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरिएको छ । नेपालको सिनियर फुटबल टिमका प्रशिक्षक रहिसकेका बालगोपाललाई अखिल नेपाल फुटबल संघले यू २३ टिमको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

आसन्न एएफसी यू २३ एशियन कप छनोटका लागि महर्जनले नेपाली टिमको प्रशिक्षण सम्हाल्नेछन ।

यस्तै पूर्व खेलाडी रोजित केसीलाई सहायक प्रशिक्षक बनाइएको छ । सर्लाहीमा युवा खेलाडी उत्पादनमा महत्वपुर्ण भूमीका खेल्दै आएको रोजित पहिलो पटक यू २३ टिमको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका हुन ।

यस्तै ललित चन्दले गोलकिपर प्रशिक्षकको भुमीकामा देखिनेछन । समुह बी मा हरेको नेपालले इरान, लेबनान, ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस