• २०८० फाल्गुन ११ गते शुक्रवार

बर्दिया प्रहरीले १ दिन कैद सजाय तोकिएका फरार अपराधी पक्राउ

शर्मिला बोगटी पढ्न लाग्ने समय : १ मिनेट

असार २२, बर्दिया । जिल्ला प्रहरी बर्दियाले ज्यान मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया नगरपालिका–७ बस्ने ४५ वर्षिय बल बहादुर थापा क्षेत्री पक्राउ गरेको हो ।

०७१ साल मंसिर १ गते जिल्ला अदालतको फैसला आदेशले एक दिन कैद सजाय तोकेको थियो । एक दिनको सजाय तोकेको दिन देखि क्षेत्री फरार रहेका थिए । प्रहरीले क्षेत्रीलाई आईतबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

चालु आर्थिक वर्षमा विभिन्न मुद्दामा फरार रहेका ९० जनालाई पक्राउ गरेको बताए । फरार रहेकालाई पक्राउ गरी ५१ वर्ष ८ महिना २५ दिन कैद सजाय भुक्तान गराउन सफल भएको जनाए । त्यसैगरी रु २१ लाख ९९ हजार २ सय ९ जरिवाना असुल गराईएको एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस