• २०८२ बैशाख ४ गते बिहिवार

तारकेश्वर स्काउट तदर्थ समितीले भेट्यो नगरप्रमुख बाेहाेरालाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । तारकेश्वर नगरपालिका स्काउट तदर्थ समितीले आज आइतबार तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरालाई भेटेको छ । तदर्थ समितील नेपाल स्काउट केन्द्रिय कार्यालयको बैशाख ९ गतेको निणर्य अनुसार नगरपालिकामा तदर्थ समिती निमार्ण भएको जानकारी दिन नगर प्रमुखलाई भेटेको हो ।

तारकेश्वर स्काउट तदर्थ समितीका संयोजक दामोदर बस्नेतको नेतृत्वमा रहेको टोलीले तारकेश्वरमा स्काउटलाई कसरी अगाडी बढाउने भन्ने विषयमा नगर प्रमुखसगँ छलफल गरेको थियो । उक्त भेटघाटमा नगरपालिकाका शिक्षा प्रमुख, स्वास्थ्य प्रमुख, नगरपालिकाका प्रेस संयोजक सहित स्काउटका तदर्थ समिती संयोजक दामोदर बस्नेत सदस्यहरू सन्तोष अर्याल, प्रमेश धिताल, पुर्ण तिमल्सेना, सन्ध्या अधिकारी, मेनुका कार्की, सुमन पराजुली, सुरज कार्की, विष्णु खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

No description available.

भेटघाटमा आधारभुत प्राथमिक उपचार तथा जोखिम व्यवस्थापन तालिम, युवा स्वयम् सेवक परिचालन, वातावरण संरक्षण तथा सरसफाई लगायतका विषयमा छलफल भएको थियो । भेटका क्रममा नगर प्रमुख बाेहाेराले स्काउटले अनुशासन सिकाउने हुदाँ नगरपालिकाले सकेकाे सहयाेग गर्ने तथा नगरपालिकामा रहेका सबै विद्यालयमा स्काउट सञ्चालन गर्न सहयाेग गर्ने बताउनु भयाे ।

No description available.

प्रतिक्रिया दिनुहोस