हिजो मात्र उप-प्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित बिपरित छ । खेदजनक र घोर आपत्तिजनक पनि छ । सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो अराजकता , संविधान विरोधी र राष्ट्रघाती अभिव्यक्ति किमार्थ स्वीकार्य हुदैन । उनका ती अभिब्यक्ति अविलम्ब फिर्ता लिई आम जनताको अगाडि माफी माग्नुपर्छ भन्दै सार्वजनिकरुपमा बिरोधका स्वरहरु गुन्जिरहदा उनले तुरुन्तै सच्याइएको बिज्ञप्ति पनि निकालेका छन ।
आफ्नो ब्यक्तिगत बिचार रास्ट्रका लागि समर्पित गर्दै गर्दा बिष्णु रिमालका केही बिचारहरु पनि साभार गर्ने जमर्को गरें ; जसपाका नेताका रुपमा आफ्ना गलत विचारहरु बोक्न राजेन्द्र महतो स्वतन्त्र वा बाध्य भए पनि त्यस्ता खोटा विचारहरुको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन मिल्दैन । नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्यिता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौँ ।
संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, नेपाल अनेकौँ विशेषता सहितको राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ, त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेका त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विखण्डन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुनै सक्दैन । अर्कोतिर सत्ता प्राप्तिको कुन्ठा बोक्दै हुँदा खाँदाको बहुमतको सरकार फुटाउन हुर्मत लिनेहरुको नक्कली रास्ट्रवाद पनि त्यतिखेर खुलस्तरुपमा उजागर भएको थियो जतिखेर प्राध्यापक अगाडि झुन्ड्याइएका कृश्न खनालको डवलीमा तिनै राजेन्द्र महतो र महन्त ठाकुरलाई आउनुहोस हाम्रो सरकार बनाउँ, तपाईहरुले कुरै बुझ्नुभएको छैन, हामी हो असली रास्ट्रवादी भन्दै ठाकुरको गोडा ढोग्न गएको कुरा त सार्वजनिक अभिब्यक्तिबाटै स्पष्ट छंदैछ ।
फेरि अहिले तिनैको रोइलो ! कस्तो अचम्मको रास्ट्रवाद हो ? दिल्लीको १२ बुदे सम्झौतामा संलग्न हुने जो कोही दलका नेताहरुले जवसम्म त्यसको अन्त गर्दैनन तवसम्म यि नक्कली रास्ट्रवादका खोक्रा नाराले देश र जनताको लागि कहिलै हित हुनेछैन । सत्ताकै कुन्ठाको कारण सडक र सदनमा कुर्ची हानाहान गरेको कुरा के नेपाली जनताको नजरमा कैद भएको छैन र ? अनि अहिले नन्दी, भृङी, चतुष्ठी योगीनी जम्मा गरी तैपनि कुर्चीको स्वाद चाख्न पाइन्छ कि भन्दै सडकका गल्ली गल्ली चाहार्दै हामी यहाँ छौ भनेको कुरा पनि जनताले नबुझेका होइनन । तरपनि राजेन्द्र महतोले फेरिपनि सत्ताको फेरो समाउन नपाउदै पोखेका ती अरास्ट्रबादी कुन्ठाहरु भने पक्कै पनि एक स्वाभिमानी नेपालीको लागि पाच्य हुन सक्दैन ।
यस्तै उट्पट्याङ विषयले प्राथमिकता पाएका कारण पहिलो संविधानसभाको असफलता र दोस्रो संविधानसभाबाट संविधान बनाउनु अघि एमाले, कांग्रेस र माओवादीबीच सम्पन्न १६ बुँदे सहमतिमार्फत किनारा लागिसकेका विषयहरुलाई अस्वीकार गर्दै संविधान बनेको अभिलेख छ । त्यतिबेला संविधान रोक्नका लागि अनेक हारगुहार गर्ने, सीमामा गएर नाकाबन्दी गराउने र संविधान जारी भएको दिनलाई कालो दिवस भनेर बद्नाम गर्ने उपेन्द्र यादवको संघीय समाजवादी फोरम र महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टी दुबै पालैपालो त्यही संविधानलाई स्वीकार गर्दै निर्वाचनमा सहभागी हुनु र त्यस्तो हुन नदिने प्रमुख पात्रका रुपमा आफैँले कटाक्ष गरिएका केपी शर्मा ओलीको सरकारमा सहभागी हुनुले उनीहरुका त्यस्ता मागहरु स्वतः खण्डित भइसकेका मात्र छैनन्, सधैँका लागि समाप्त पनि भएका छन् । सबल, सार्वभौम र एकीकृत राट्रका लागि यो खुसीको विषय हो ।
हिजो माओवादीले कतै जातका आधारमा त कतै भाषाका आधारमा राज्य बाँड्दै हिँडेका कारण पहिलो संविधानसभामा के कस्तो अवस्था देखियो र त्यसले कुन नियति भोग्नुपर्यो भन्नेबारेमा हामी सबै जानकार नै छौँ । ती अत्यन्त हानिकारक, अवाञ्छित र अस्वीकृत विचारहरु पुनः जुनसुकै स्वरुपमा उठे पनि परास्त हुन्छन् । मुलुकको आवश्यकता, राष्ट्रिय एकता, भौगोलिक बनावट, जनसांख्यिक अवस्थिति जस्ता कुरालाई ध्यान राखेर सात प्रदेश निर्माण भएर मुलुक अघि बढिरहेको बेला कसैले सपनामा वा विपनामा भन्दैमा यसमा तलमाथि हुन सम्भव नै छैन । ३ जसपासँग एमालेले सत्ता समीकरण गर्नुको अर्थ उसका गलत, अवास्तविक, बोकाइएका र घातक धारणाहरुसँग सहमत हुनु होइन । प्रतिनिधिसभाको बनावटका कारण प्राप्त सुविधाभित्र समीकरण निर्माण गर्नुपर्दाका संसदीय नियमहरुबाहेक यस्ता समीकरणहरुलाई अन्यथा अर्थमा हेर्न आवश्यक छैन । जसरी एउटै मोर्चामा भइरहँदा पनि नेकपा ९माओवादी केन्द्र० ले अवलम्बन गरेको माओवादप्रति नेपाली कांग्रेस सहमत छैन होला र कांग्रेसको बुर्जुवा केन्द्रित प्रजातान्त्रिक समाजवादप्रति माओवादी सहमत छैन होला, त्यसैगरी जसपाले उठाएका वा उनीहरुको मनमा रहेका मान्यताहरुप्रति नेकपा ९एमाले० सहमत छैन र हुन सक्दैन ।
३ सरकारी ओहोदाको शपथ खाइसेकपछि सडकमा बसेर लगाएका नारा र सिंहदबारको कुर्सीमा बसेर बोलिएका कुराबीच भिन्नता हुन्छ भन्ने कुरा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नेतृत्वमा मन्त्री बनिसकेका राजेन्द्र महतोलाई अवश्य थाहा हुनुपर्ने हो । हौसिएर, झुक्किएर वा जसलाई चित्त बुझाउन भए पनि गलत कुार सार्वजनिक भएकाले आनाकानी नगरीकन या राजेन्द्र महतोले आफ्नो गलत अभिव्यक्ति फिर्ता लिनुपर्छ । बिष्णु रिजालले राख्नुभएका यि बिचारप्रति सहमत जनाउंदै गर्दा हालका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महत्तोले दिनुभएको बक्तव्य गलत हो भन्ने बुझाई मेरो पनि हो । र उहाँले ती अभिब्यक्तिहरु सच्याई सक्नुभएको छ । अवका दिनमा कुर्चीको मातमा यस्ता रास्टृय हित विपरितका अभिब्यक्तिहरु नआउन भन्ने आम नेपालीको अभिप्राय हो ।