• २०८१ जेष्ठ ३१ गते बिहिवार

कोरोना संक्रमणबाट थप ५४ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्याका अनुसार पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म तीन हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुने तीन लाख ६८ हजार ५८० पुगेको जनाएको छ ।

हाल ७२ हजार ५६१ मा सङ्क्रमण सक्रिय अवस्थामा छ । हाल ३१४ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस