बैशाख २३,जुम्ला। यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मंगलबार बेलुकी मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन् । जगदुल्ला क्षेत्रतिरबाट पनि पाटन जान खोज्नेहरुलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ ।