• २०८१ असार ३ गते आइतवार

चीनमा उत्पादित कोरोना खोप नयाँ कोरोना भेरिउन्टकाविरुद्ध प्रभावकारी नरहेको

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौँ। ब्राजिलले मुख्य प्राथमिकतामा प्रयोग गरिरहेको चीनमा उत्पादित कोरोनाभाक खोप नयाँ कोरोना भेरिउन्टका बिरुद्ध प्रभावकारी नरहेको अध्ययनले देखाएको हो । ब्राजिलको अमेजन क्षेत्रबाट कोरोना भाइरसको नयाँ भेरियन्ट पी वान फैलिएको हो ।

चिनियाँ कोरोनाभाक खोपले नयाँ पी वान संक्रमणविरुद्ध कम प्रभाव देखाएको साओ पाओलो विश्वविद्यालयका रिसर्चर विलियम डिसुजाले बताए । ब्राजिल, बेलायत र अमेरिकाका अनुसन्धानकर्ताहरुले गरेको अध्धययनले ब्राजिलमा फैलिएको नयाँ कोरोना भेरियन्ट बिरुद्ध कोरोनाभाक खोप अप्रभावी रहेको देखाएको हो ।

 ब्राजिलमा नयाँ भेरियन्टको कोरोना भाईरस थप संक्रामक रहेको भन्दै चिकित्सकहरुले आगामी केही सातामा कोभिड १९ बाट मानवीय संकट आउने चेतावनि दिएको समचारपत्र वालस्ट्रिट जर्नलले जनाएको छ ।

यो पछिल्लो रिपोर्टबारे चिनियाँ खोप कम्पनिले हालसम्म कुनै जवाफ नदिएको रिसर्चर डिसुजाले बताएका छन् । कोभिड १९ बिरुद्ध सबैभन्दा कम प्रभावकारी खोपहरु मध्ये एक चिनियाँ कोरोनाभाक खोपको करिब ५० प्रतिशत मात्र प्रभावकारीता रहेपनि ब्राजिल ठुलो मात्रामा यहि खोपमा निर्भर रही खोप लगाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस