• २०८१ बैशाख १३ गते बिहिवार

वेष्ट इन्डिज विश्वकपको समूह चरणबाटै बाहिरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं ।  साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ। गएराति सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो।

सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो। श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ६८ रन र ओपनर पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए।

जीतका लागि १९० रन पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमा समेटिएपछि श्रीलंकाले यो सान्तवना जीत निकाल्न सफल भएको हो।

हिजै सम्पन्न अर्को खेलमा भने अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटको सानदार जीत निकाल्दै सेमिफाइनमा पुग्ने सम्भावनालाई जिवित राखेको छ।

समूह एकमा रहेका श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश भने अब समूह चरणबाट बाहिरिसकेका छन्। आजको पहिलो खेल न्युजिल्याण्ड र नामिबियाबीच दिउँसो ३:४५ बजे खेलिंदैछ भने दोस्रो खेल भारत र स्कटल्याण्डबीच साँझ ७:४५ बजे हुँदैछ।

प्रतिक्रिया दिनुहोस