• २०८१ मङ्सिर २४ गते सोमवार

दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ ।

कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ । आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस