जेष्ठ २२, काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले वृद्धि गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १०८ र डिजेल र मट्टीतेलको प्रतिलिटर ८० रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।