वैशाख २२, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।