• २०८१ माघ ९ गते बुधवार

पर्वतमा एकैदिन ६ जना महिला कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैसाख २२, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा आज एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको १२ जनाको एन्टिजेन परिक्षणमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमित सबै वडा न. ५ लुंखु काउले एकै गाउँका महिला रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले जानकारी दिनुभयो । उनीहरु मध्य तिन जनालाई अस्थायी कोरोना अस्पतालमा भर्ना गरि उपचार गर्ने तयारी भइरहेको छ भने तिन जनाको अवस्था सामान्य भएकाले होम आइशोलेशनमै राखिने भएको छ ।

यो संगै महाशिलामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ, भने संक्रिय संक्रमित ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस