फागुन २१, मुगु । जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरु संगको अभिमुखीकरण गोष्ठी शुक्रवार सम्पन्न भएको छ । कोभिड १९ रोग विरुद्धको खोप अभियान २०७७ ७८ मा ,, स्वास्थ्य समृद्धि र सुरक्षा कोभिड १९ खोपले गर्छ रक्षा भन्ने मुल नारा सहित सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कोभिड १९ विरुद्धको खोप अभियानको औचित्य, संचालन प्रकृया बारे जानकारी प्रदान गरि अभियान लाई प्रभावकारी बनाउन सम्बन्धित निकायको समन्वय, सहयोग, अपनत्वको विकास गर्ने हेतुले शुक्रवार यहाका पत्रकारहरु सँग स्वास्थ्य सेवा कार्यालयले मुगुले यो अभियान गरेको गरेको हो । उक्त अभियान लाई सार्थकता प्रदान गर्न खोप सान्वय समितिको भुमिका , स्थानीय श्रोत परिचालन र जिम्मेवारी बारे छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार कोभिसिल्ट खोपका बारेमा बताउदै यस बारेमा समग्र जिल्ला बासि लाई भ्रममा नपर्न स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए ।उनले भने जिल्लाको भौगलीक विकटता हेरी खोप केन्द्रलाई विस्तार गर्ने, चुस्त दुरुस्त ढंगले स्वास्थ्यकर्मी परिचालन गर्ने उनको भनाई छ । कोभिसिल्ड खोपलाई प्रभावकारी ढंगले संचालनका लागी जिल्लाका ४ वटै स्थानीय तहका स्वास्थ्य संयोजक संगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाएको पनि नगरकोटिले बताए ।
अभिमुखिकरणमा प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिका अनुसार कोभिसिल्ड खोप मुगु जिल्लामा लगाउनका लागी परिचालित हुने स्वास्थ्यकर्मी र राष्ट्रिय अभियान आफ्नो साथ र सहयोग हरदम रहने र उक्त खोप आफुले पनि लगाएकालाई सो खोप प्रति फैलाइएका नकरात्मक अफवाको भ्रममा नपर्न मुगु बासि लाई आग्रह समेत गरेका छन् ।
उनले भने मुगुमा ८२ प्रतिशत नागरिकले खोप लगाउन सफल भएको छ ।
साथै उनले थपे यहि फागुन महिनाको २३ गते बाट सुरु भई २६ गते सम्म सञ्चालन हुने कोरोना खोप लगाउन यहाका विशेष गरेर ६५ वर्ष माथिका लाई सहज बाताबरण मिलाउनु पर्ने बताए । मुगु जिल्लामा समग्र ३ हजार ५ सय जना वृद्ध लाई खोप लगाउने लक्ष्य रहने बताए । मुगुमा पहिलो चरणमा ४ सय ७७ जना लाई खोप लगाईएको छ भने १ हजार १ जना लाई दोश्रो चरणमा लगाएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । साथै मुगुमा १ सय भाईल डोज अपुग रहेको पनि जानकारी दिएका छन् । २ सय ८० भर्खरै विहिवार मात्र आएको हो ।
मुगुमा उपयुक्त ठानिएन कोभ्याक्स
देश भरका जिल्लाहरुमा कोरोना भाईरसको अर्को भ्याक्सिन कोभ्याक्स भ्याकिसन अन्य जिल्ला भन्दा मुगुमा उपयुक्त नठानिएको सरोकारवालाले बताएका छन् ।
हिमाली जिल्ला भएको र भौगोलिक विकटता पुर्वाधार क्षेत्रमा उपयुक्त ढंगले फड्को नमार्नुले मुगुमा कोभ्याक्सको भ्याक्सिन उपयुक्त नभएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिले बताए । साथै मुगुमा यो भ्याक्सिन प्रयोग गर्ने खालको जस्तो नदेखिएको उनले भने किन भने यहाका स्थानीय लगायत सर्वसाधारणमा जटिलता नभएको अवगत गराए ।
६५ वर्ष माथिका लाई कोरोना खोप
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले ५५ वर्ष माथिका लाई कोरोना खोप लगाउने भनिएता पनि अब त्यो नहुने भएको छ ।
स्वास्थ्य मन्त्रालयले ५५ वर्ष भन्दा ६५ वर्ष माथिका लाई कोरोना खोप लगाउने निर्णय गरे पछि मुगुमा पनि सोही बमोजिम लगाईने भएको छ ।
यहाका वृद्ध वृद्धा लाई विशेष प्राथमिकतामा राखेर खोप प्रदान गरिने जनाईएको छ । उनीहरु लाई कोरोना खोप प्रयोग गर्ने अवस्थामा सहज बातावरणमा हुने पर्ने पनि सहभागिताको जोड रहेको छ ।