• २०८१ फाल्गुन ५ गते सोमवार

प्रम ओलीको समर्थनमा काठमाडौँका १६ स्थानबाट निस्किँदैछन् जुलुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २३, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट जुलुस एकीकृत गर्ने भएको छ । स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार बिहान ११ बजेदेखि १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ । दरबारमार्गमा आमसभा रहेकाले त्यहाँ सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको महाशाखा प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालन हुने नेता बस्नेतले बताए । १६ वटै ठाउँबाट आउने जुलुस दरबारमार्गको चार लेन सडकमा बस्ने छ । आमसभाका मुख्य वक्ता प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन्। आज बागबजारबाट सबै सम्पर्क मञ्चका सहभागीहरूको जुलुस निस्किन्छ । प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनका कार्यकर्ताहरूको जुलुस निस्किन्छ । त्यस्तै महेन्द्र शालिकपूर्वबाट जनजाति महासंघ घटकका संगठनहरूको जुलुस निस्किन्छ %E

यस्तै, घन्टाघरबाट मुस्लिम समुदायका सहभागीहरूको जुलुस निस्किन्छ । नेपाल एयरलाइन्सको कार्यालय अगाडि ललितपुर जिल्लाको, त्रिपुरेश्वरमा चितवन, धादिङ र सोही बाटो भएर आएने सबै सहभागीहरूको जुलुस छ । गौशालामा भक्तपुर, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जिल्लाबाट आउनेको जुलुस, पुतलीसडकमा सबै जनवर्गीय संगठनको, लैनचौरमा नुवाकोट र रसुवा जिल्ला, सोह्रखुट्टै नयाँ रोडमा मकवानपुर भीमफेदीको बाटोबाट आउनेको जुलुस छ ।

यसैगरी, टेकुबाट काठमाडौं क्षेत्र नम्बर ९ र १०, वसन्तपुरमा क्षेत्र नम्बर ८, सोह्रखुट्टेमा क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरमा क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरमा क्षेत्र नम्बर १ र २ को जुलुस निस्किनेछ ।

प्रतिक्रिया दिनुहोस