• २०८१ फाल्गुन ५ गते सोमवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ। प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ ।

प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको छ । आज काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस