• २०७९ असोज ९ गते आइतवार

सेयर बजार परिसूचक नेप्से घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ। आज सेयर बजारको परिसूचक नेप्से ६.६ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५७० अंकमा कायम भएको छ । आज कारोबार रकम पनि खुम्चिएको छ । हिजो ४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६२ करोडमा खुम्चिएको छ । बैंकिङ ३, ब्यापार २०, विकास बैंक ८६, जलविद्युत ६५, फाइनान्स ५२, निर्जीवन बीमा १३ र उत्पादन समूह ३२ अंकले घटे ।

होटल तथा पर्यटन १२, अन्य २१, माइक्रोफाइनान्स ७२ र जीवन बीमा समूह ५ अंकले बढे। आशा लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै मैलुङखोला जलविद्युत र सपोर्ट माइक्रोफाइनान्स कम्पनीको ९.९ प्रतिशतले मूल्य बढेको छ। मिथिला लघुवित्तको मूल्य ९.८ प्रतिशतले बढ्यो ।

कारोबारका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो । सो कम्पनीको १२ करोड रुपैयाँको सेयर किनबेच भयो । त्यस्तै नेपाल बैंक, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर र रैराङ हाइड्रोपावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस