• २०८१ असार ३ गते आइतवार

प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असोज १८, बैतडी । असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५ विरुवा रोपण गरिएको हो ।वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए । जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ । ‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि २०० थान माक्स वितरण गरेको छ । दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस