साउन २०, झापा । प्रहरीले अवैध लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । गौरादह नगरपालिका-१ बस्ने ३७ वर्षीय कृष्ण कुमार ताजपुरियालाई ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.७ प ६७६७ नम्बरको मोटरसाइकलमा सवार कृष्ण कुमारलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा ताजपुरियाले उक्त पदार्थ सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय सुमन कुमार कार्कीबाट किनेको खुलेपछि प्रहरीले सुमनको कोठा तलासी गर्दा थप ३० ग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ । हाल फरार सुमनको खोजी गर्नुका साथै ताजपुरिया उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।