• २०७९ मङ्सिर १७ गते शनिवार

पूर्वसांसद बिएल वाइबाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक विज्ञप्ती जारी गर्दै वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको बताएका छन्। दाहालले आज जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको उल्लेख छ भने वाइबा सादा जीवन, सरल र जुझारू भएको बताएका छन्।

वाइबाका तीन छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस