• २०८१ असोज २० गते आइतवार

सभ्य समाजका लागि छुवाछूत प्रथा अस्वीकार्य : राष्ट्रपति भण्डारी (सन्देश सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा हार्दिक आह्वान गर्नुभएको छ । जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको हो ।

२०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ  ।

सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात–जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनसमेत यस दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।”

छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ भन्नुहुँदै राष्ट्रपति भण्डारीले यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो औँल्याउनुभएको छ ।

शुभकामना सन्देश

प्रतिक्रिया दिनुहोस