• २०८१ बैशाख ६ गते बिहिवार

जीप दुर्घटना पाँच जनाको मृत्यु, पाँच गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६, का वडा सदस्य गोविन्दसिंह भण्डारीको शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बैतडी आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा स्वर्गीय वडा सदस्यकै आफन्त रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जीतसिंह भण्डारी (५० वर्ष) डम्बरसिंह भण्डारी (३०) हिक्मतसिंह भण्डारी (२७) दीपक भण्डारी (४०) र जिप चालक तेजबहादुर बोहरा रहेको छन ।

जिप पञ्चेश्वर गाउँपालिका–६, गणमेश्वरको मोडबाट पाँचसय मिटर तल भीरमा खसेको छ । जिपमा १० जना सवार रहेका थिए । दुर्घटनाका घाईतेको उद्दार गरि उपचारका लागि बैतडी अस्पताल ल्याईएको छ । दुर्घटनामा थप पाँच जना सख्त घाईते भएका छन् । दुर्घटनामा थप पाँच जना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते हुनेमा खेमसिंह भण्डारी, हरिश भण्डारी, मोहन भण्डारी, दिलिपसिंह भण्डारी, मदनसिंह भण्डारी र गोरे भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस