• २०८१ बैशाख १६ गते आइतवार

नरैनापुरमा आगलागी, ११५ घर जलेर ध्वस्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका– ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट शुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुई वटा दमकल प्रयोग गरिएको थियो ।

यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस