फागुन २०, काठमाडौँ । उद्योग वाणिज्य महासंघको उर्जा तथा वातावरण समितिले पूर्णता पाएको छ । समितिका सभापति गोपाल खनालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले समितिका सदस्यहरुलाई मनोनयनपत्र हस्तान्तरण गरे । सदस्यहरुमा श्याम खेतन, इन्द्र खनाल, शम्भु बिक्रम थापा, हिमप्रसाद पाठक, श्रीराम अधिकारी, चन्द्र टण्डन, रामबहादुर श्रेष्ठ मनोनित भएका छन् ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले व्यवसायीहरुका समस्याहरु समाधान गर्न राज्य गम्भीर बन्नुपर्ने बताए । उनले उर्जा क्षेत्रले मुलुकको समृद्धिका लागि महत्पूर्ण योगदान दिने भन्दै जलविद्युत, तथा अन्य बैकल्पिक उर्जाको माध्यमबाट राष्ट्रले फड्को मार्ने बताए । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उर्जा समितिले यस क्षेत्रको विकास तथा व्यवसायीले झल्दै गरेका समस्या समाधान गर्न प्रभावकारी ढंगले सरकारसँग लभिङ गर्नुपर्ने बताए ।
समितिका सल्लाहकार ज्ञानेन्द्रलाल प्रधानले ‘एक घर, एक विजुली चुलो’ अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले विजुलीको उत्पादन बढिरहेकाले खपत बढाउन विद्युत महसुल घटाउनुपर्ने बताए । अर्का सल्लाहकार शेखर अर्यालले बर्खायाममा विद्युल खेर जाने समस्याको समाधान खोज्नु पर्ने बताए ।
समितिका सभापति खनालले नीतिगत समस्याहरुलाई हल गर्न सरकारसँग प्रभावकारी समन्वय गर्ने बताए । उनले सरकारले व्यवसायीलाई प्रोत्साहन गर्दै कर छुट गरिदनिुपर्ने भन्दै विभिन्न बाध्यकारी नियमहरुले व्यवसायीलाई अप्ठ्यारो पर्ने गरेको बताए ।