• २०८१ माघ २ गते बुधवार

प्रधानमन्त्री ओली र विप्लव एकै मञ्चमा देखिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी का महासचिव विप्लव एकै मञ्चमा देखिने भएका छन । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहको वार्तामा भएको सहमति अनुसार शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरण सहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ।

May be an image of text

प्रतिक्रिया दिनुहोस