• २०८१ चैत्र १० गते सोमवार

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, विराटनगर। आफ्नै छोरी बलात्कारको आरोपमा विराटनगरमा एक जना पक्राउ परेका छन् । बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन आफ्नै १३ वर्षकी छोरी लिएर अस्पताल गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुष पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज ल्याए । अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधीखोजी गर्ने क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीकी बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । करिब चार–पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस