• २०८१ चैत्र १० गते सोमवार

डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, काठमाडौं । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

कपिलवस्तुबाट आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस