• २०८१ चैत्र १३ गते बिहिवार

नियन्त्रित लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, नवलपरासी(पूर्व) । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ६ एम्पुल नुफिन सहित कास्की पोखरा महानगरपालिका-९ बसपार्क बस्ने २३ वर्षीय विकाश गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लु.१ ख ४१९५ नम्बरको बसलाई प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस